• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

हुम्ला हिँडेकाे प्रधानमन्त्रीकाे हेलिकप्टर सुर्खेतमा अचानक अवतरण

File_Photo

सुर्खेत । कर्णाली करिडोर अर्न्तगत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटन गर्न सुर्खेत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्। बिहान साढे १० बजे सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीसहितको टोली सुर्खेतमै रोकिएको हो।

‘मौसम सफा हुने बाटो कुरेर बसेका छौं, सफा मौसम हुन साथ जसरी पनि हुम्ला जान्छौं,’ नेपाली सेनाका एक अधिकृतले भने, ‘उता सम्पूर्ण तयरी भएकाले मौसम सफा हुनासाथ जान्छौं ।’

यता प्रधानमन्त्री भने आउँदा सेनाको हेलिकोप्टरमा आएको भएपनि फर्कदा सेनाकै जहाजमा फर्कने भएका छन् । फर्कंदा हेलिकोप्टरमा ढिला हुने भन्दै नेपाली सेनाको जहाज काठमाडौंबाट सुर्खेतका लागि उडिसकेको छ ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वप्रधानमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली छन्।

कालिकोटतिरको खण्डमा मौसम खराब छ। मौसम खराबीका कारण हेलिकोप्टर उड्न नसकेपछि प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ।

कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर