• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध उजुरी

काठमाडाैं । नेपाली कांग्रेसभित्र ११ जना केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध अनुसशान कारबाहीसहित उजुरी परेको छ। पार्टीको अनुशासन समितिमा उक्त उजुरी आएका हुन्।

जारी केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले १९ जनाविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको जानकारी गराएका हुन्। 

अधिकांशको उजुरी आम निर्वाचनमा, स्थानीय तहको, प्रदेशको र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको उल्लेख रहेको उनले बताएका थिए।

'११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी प्राप्त भएको छ,' उनले बैठकमा भने। उनले उजुरीमाथि छानबिनको काम जारी रहेको पनि बताए। बैठकमा कसकसलाई उजुरी परेको हो भन्नेबारे उनले विवरण खुलाएनन्।  

संयोजक ढुंगानाका अनुसार ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसहित नेता, कार्यकर्तामाथि अनुशासनको उजुरी प्राप्त भएको छ।

उनले क-कसमाथि उजुरी आएको भन्ने विवरण चाहिँ खुलाएका थिएनन्।

कांग्रेसभित्र पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकोलगायत विषयमा अनुशासनको उजुरी आउने गर्छ। यस्ता उजुरी समयमै छिनोफानो नहुँदा क्रियाशील सदस्यता नवीकरणलगायत काम प्रभावितसमेत बनेको छ।

कांग्रेस बैठकमा अधिकांश नेताहरूले अनुशासन समितिको भूमिकाप्रति प्रश्न उठाएका थिए। शेखर कोइरालादेखि अर्जुननरसिंह केसीसम्मले अनुशासन समिति पारदर्शी नभएको र मनलाग्दी गरेको आरोप लगाएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर