• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

सिटौलाले बैठकमै उठाए न्यायलयमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले न्यायपालिकाका बारेमा समीक्षा गरिनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले संवैधानिक इजलासले गरेको ५२ संवैधानिक नियुक्तिसम्बन्धी फैसलालाई लक्ष्य गर्दै न्यायपालिकाको समीक्षा गर्नुपर्ने बताएका हुन्।

‘५२ संवैधानिक निकायमा नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता भएकोमा अहिले आएर फैसला भयो, त्यो पनि प्रधान न्यायाधीश अल्पमतमा,’ सिटौलाले भने, ‘प्रधान न्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुन्छ भनेर संविधानमा लेखिएकव छ। अनि यो मुद्दामा बहुमत र अल्पमतका कुरा आए।’

उनले न्यायपालिकाबारे अब समीक्षा गरिनुपर्ने बताए। ‘तलदेखि माथिसम्म जिल्ला, उच्च, विशेष, सर्वोच्च अदालतका बारेमा समीक्षा गर्ने बेला आयो,’ उनले भने। उनले संवैधानिक तथा कूटनीतिक नियुक्तिमा पनि प्रश्न उठाएका छन्।

‘पार्टीभित्र पढेलेखेका र पिएचडी गरेकाहरू भए पनि नियुक्तिमा कर्मचारी मात्रै किन देख्ने गरिन्छ?’ भन्ने उनको प्रश्न थियो, ‘समग्रमा एकपटक सबै विषयमा समीक्षा गरौं र संविधानमै संशोधन गरौं।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर