अवकास लिन शर्माले सुझाव दिएपछि देउवाले दिए रोचक जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन्।
सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवालाई सम्बोधन गर्दै मुलुक र पार्टीको हितमा हुने गरी अब छैटौँपटक प्रधानमन्त्री बन्नेतर्फ नलाग्न र सम्मानजनक बिदाइ हुन आग्रह गरे।
बैठकमा सभापति देउवालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भनेका छन्, 'चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो। तर नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ। विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि छ। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिले । सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ।'
शर्माले बैठकमा मुलुकमा स्थिर राजनीति नहुँदा उस्तै समस्याहरू दोहोरिएर देखा परेका भन्दै पाँच बुँदै प्रस्ताव गरेका छन्।
‘मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले चितवनमा बोल्दा यति धेरै प्रशंसा भयो, यो प्रशंसनीय छ, पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो,’ महामन्त्री शर्माले भने, ‘मेरो आग्रह छ- अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस्। शितल निवासबाट निस्केर पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी) राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ।’
महामन्त्री शर्माले सभापति देउवा छैटौं पटक प्रधानमन्त्री बन्न नहुनेमा जोड दिए।
‘नीति र सिद्धान्तमा एकता छ, विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि l तेस्रो पटक सभापति बन्न पार्टी विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौं पटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिलेl सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ,’ महामन्त्री शर्माले भनेl
उनले एकताका दुई सुत्र पनि सुनाए। ‘सबैलाई एक बनाएर आफू प्रधानमन्त्री बन्ने पनि एउटा सुत्र हुन्छ, अर्को अरू कसैको नाम प्रस्ताव गर्ने र त्यो नाममा सबैलाई एक बनाउने, त्यो पनि एकताको सुत्र हुन्छ। मलाई लाग्छ- सायद म दाबी गर्छु, आदरणीय सभापतिको सबैभन्दा खुलेआम शुभचिन्तक विश्वप्रकाश शर्मा नै हो। जसले भन्छ- सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ,’ महामन्त्री शर्माले भने।
प्रतिकृया दिनुहोस