झाँक्रीले ७ दिनभित्र चित्तबुझ्दो जवाफा नदिए पार्टीबाटै निष्काशन गर्ने

काठमाडौं । विपक्षी दल नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टिकरण पेश गन थप ७ दिनको समय दिएको छ ।
थपिएको ७ दिन भित्र पनि चित्तबुझ्दो जवाफा नदिए पार्टीबाटै निष्काशन गर्ने सो पार्टीको तयारी छ । झाँक्री भने स्पष्टिकरण नदिने अडानमा छिन् ।
एसको सचिवालयले बैठकले झाँक्रीलाई स्पष्टीकरणबुझाउन थप ७ दिनको समय दिएको हो ।
अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण समय दिने तयारी गरेको हो। एसका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार उनलाई १ हप्ताको समय दिइने छ ।
असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन्।
'कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,' उनले भनेकी थिइन्, 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।'
पतञ्जली जग्गा प्रकरण अख्तियारले मुद्दा चलाएका अध्यक्ष नेपाललाइ मरेकाे सिनाेकाे संज्ञा दिदै झाँक्रीले बाेकेर हिड्न नसकिने भएकाले नयाँ अध्यक्ष चुन्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। उनको सांसद पद पनि निलम्बनमा परेको छ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचको प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।
प्रतिकृया दिनुहोस