सुसिम मुकुल दत्तको ८९ वर्षको उमेरमा निधन

हिन्दुस्तान लिभर लिमिटेड (हाल हिन्दुस्तान युनिलिभर लिमिटेड) का पूर्व अध्यक्ष श्री सुसिम मुकुल दत्तको हालै मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ। दक्षिण एसियाली कर्पोरेट जगतका एक प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका श्री दत्तलाई नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गर्नुभएको ऐतिहासिक योगदानका लागि विशेष रूपमा स्मरण गरिन्छ, जसले नेपालको उपभोक्ता सामग्री उद्योगलाई नयाँ उचाइमा पु¥याएको थियो।
हिन्दुस्तान लिभरमा उहाँको चार दशकभन्दा लामो कार्यकाल रह्यो। अध्यक्षको भूमिकामा रहँदै उहाँले कम्पनीलाई रणनीतिक रूपमा विस्तार र तीव्र प्रगतिको मार्गमा डो¥याउनुभयो। उहाँका थुप्रै उपलब्धिहरूमध्ये नेपालमा विस्तार गर्ने उहाँको दृष्टिकोण क्षेत्रीय औद्योगिक विकासको एक ऐतिहासिक मोडको रूपमा स्मरणीय छ।
श्री दत्तको अगुवाइमा सन् १९९२ मा युनिलिभर नेपाल लिमिटेडको स्थापना भएको थियो। उहाँले स्वयम् हेटौँडास्थित कारखानाको स्थापना प्रक्रिया प्रारम्भ गर्नुभयो र नेपालमा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संलग्न हुनुभयो। आज त्यही हेटौँडा कारखाना लाखौँ नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ। सन् १९९६ मा सेवा निवृत्त भएपछि पनि उहाँले दिगोपन, उत्तरदायी व्यापार, र नैतिक नेतृत्वजस्ता मूल्यहरूमा निरन्तर जोड दिनुभयो, जसका सिद्धान्तहरू आज पनि यूनिलिभर नेपालसहित विश्वभरिका सञ्चालनहरूलाई मार्गदर्शन गरिरहेका छन्।
आज युनिलिभरले एउटा दिग्गज नेतृत्व गुमाएको छ। तर श्री दत्तको परिकल्पना, सिर्जना र योगदान उनीबाट स्थापित संस्थाहरूमा, अनि सम्पर्कमा आएका व्यक्तिहरूको जीवनमा अमर रहनेछ। उहाँको सोचले नेपालमा रोजगारी सिर्जना मात्र गरेन, औद्योगिक उत्कृष्टताको एक उच्च मापदण्ड पनि स्थापित ग¥यो।
प्रतिकृया दिनुहोस