• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

एमालेकाे अन्तरकलहमा योगेश भट्टराईकाे मध्यमार्गी विचार

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरुबाट एकअर्काप्रति आइरहेका कडा सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमार्फत् एकअर्कालाई नलल्कार्न भनेका हुन् । 

उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय छ । भट्टराईले थप लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’

महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् । यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए । 

नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ‘बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्’, भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर