• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा पुगे अध्यक्ष प्रचण्ड

काठमाडाैं । आज असार २७ गते, समग्र माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको स्मृति दिवस । यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा पुगेका छन्।

उनले आश्रममा आश्रित महानुभावहरूसँग भेटघाट गर्नुका साथै भोजन गराउँदै उनले पनि सँगै बसेर खाना खाएका थिए ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पु-याउने बताए ।

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर