अर्काको 'ब्राण्ड चाेरेर' चामल बेच्ने सुभाष ट्रेडर्स विरूद्ध वाणिज्य विभागमा उजुरी

काठमाडौं । अर्काको ब्राण्डसँग मिल्दोजुल्दो नाम र प्याकिङ गरेर चामल विक्रिवितरण गर्दै आएको सुभाष ट्रेडर्स प्रा.लिविरुद्ध वाणिज्य आपूर्ति तथा उपभाेक्ता विभागमा उजुरी परेको
छ ।
यसअघि उद्याेग विभागकाे आदेशसमेत उल्लङ्घन गरे सुभाष ट्रेडर्सलाइ आवश्यक कारबाहीका लागि उजुरी परेकाे हाे ।
सुभाष ट्रेडर्स प्रालिले भगवती म्यानुफ्याक्चर्सले उत्पादन र प्याकिङ तथा विक्रिवितरण गर्दै आएको ९ बजे भन्ने ट्रेडमार्कको चामलको बोराको नक्कल गर्दै उस्तै देखिनेगरि ९ बजिय भन्ने ट्रेडमार्क राखेर चामल बेच्दै आएकाे छ ।
यस विषयमा परेको उजुरीमा उद्योग विभागले २०८२ जेठ २८ गते नै काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचारगरि अनाधिकृत चामल प्याकिङ तथा विक्रिवितरणमा रोक लगाउन भनेको थियो ।
समाचार दैनिकलाई प्राप्त विभागले जिल्ला प्रशासनमा पठाएको पत्रमा भनिएको छ, ‘यस विभागबाट विपक्षीको नाममा २०८२ बैशाख ३ गते अन्तरकालिन आदेश जारी भएकाले उक्त अन्तरकालिन आदेश भएबमोजिमको कार्यान्वयन गर्न गराउन विपक्षी सुभाष ट्रेडर्ससमेतको नाममा उजुरीकर्ताको ट्रेडमार्कको लेवलसँग मिल्नेगरि ट्रेडमार्क प्रयोग गरेर चामलका बोरा आयात निर्यात एवं विक्रि वितरण रोक लगाउन आवश्यक सहयोग गरिदिनुहुन यस विभागबाट भएको आदेशको प्रतिलिपि २ पानासमेत पठाइएको छ ।’
विभागको यस्तो आदेश र जिल्ला प्रशासनलाई पत्राचार हुँदा पनि नक्कली आयातकर्ता, प्याकेजिङ, तथा विक्रिवितरण सुभाष ट्रेडर्सले आफ्ना धन्दा नछोडेको पाईएको छ ।
अहिले पनि बजारमा सुभाष ट्रेडर्सका ५ करोडभन्दा माथिका सामान वितरण भएको श्रोतको दावी छ ।
सुभाष ट्रेडर्स प्रा.लिको अनाधिकृत चामल आयात तथा विक्रिवितरण रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं प्रहरीलाई समेत पत्राचार गरिसकेकाे छ ।
प्रतिकृया दिनुहोस