• २०८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025

भानु जयन्तीमा कबिता बाचन, १ लाख राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।  

बिश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाबिधालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । 

गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ  दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।  

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।

अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले बिश्व शान्तिका अभियान्ता डा.सन म्याङ्ग मुन र डा.हाक जा हान मुनको प्रेरणाा बाटै आपूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यक सभाको घोष्णा गरेको जानकारी दिए ।  

कार्यक्रमको प्रमुख आतिथ्यता  भिम उप्रेतिले गरेका थिए । कबिता बाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँस, भोज कुमार धमला ,गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । कबिता बाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर