• २०८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025

युएईमा १ सय २० नेपालीले पाए आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ। इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । 

नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार प्रकट गरेको छ ।

मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन् । गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो । 

त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर