• २०८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025

अन्तरकलह चुलियाेः एमाले सचिवालय बैठक आज बस्दै 

काठमाडाैं । अन्तरकलह चुलिएकाे नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

बैठकले साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।

भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन हुनेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।  दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ । 

महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।

एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर