• २०८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025

आजदेखि नेकपा एसमा मिसिए बामदेव, दिन रात काम गर्न तयार

एमालेसँग एकताकाे सम्भावना छैन–माधवकुमार

काठमाडौं । नेकपा एकता अभियान अघि बढाउने भन्दै केही समय यता पार्टी राजनीतिमा सहभागि नभएका नेता वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादीमा समावेश भएका छन् । यस अघि नेकपा एमालेमा जान ठिक्क परेका उनलाई एमालेले भित्राउन आनाकानी गरेपछि उनी नेकपा एसमा जान तयार भएका हुन् । 

शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबीच एकता भएको घोषणा गरेको हो ।

समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरे । पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए ।

उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए । 

एकता घोषणामा सम्बोधन गर्दै गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताए । गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे ।

 

'आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु। अहिले पनि त्यसरी जान्छु। म आन्दोलनको व्यक्ति हुँ, नेता हँ। मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन। सफलता मात्रै प्राप्त भएको छ,' उनले भने।

गौतमले पार्टीले समाजवाद निर्माणका लागि कदम चाल्नुपर्ने पनि बताए। आफू लागेपछि समाजवाद निर्माण हुने दाबी गर्दै उनले अब पार्टीको कदम त्यतैतिर हुनुपर्ने बताए।

'यो देश हाम्रो हो, यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो। त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो। हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसको निम्ति लाग्नु पर्दछ। चार वर्ष पहिले म आउन पाएको भए समाजवाद निर्माणको कुरो हुन्थ्यो। किनकि, म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। लाग्ने भनेको तपाईंहरूसित साथमा लाग्ने हो। एक्लै लाग्ने होइन। सिङ्गो समाज लाग्छ। त्यो आवश्यकता हो आजको। एकपटक पार्टीले निर्णय गरेर अब सुरु गरौँ भनौँ त, मैले किताब लेखेको छु, समाजवाद निर्माणसम्बन्धी हाम्रो योजना नेपालमै बाह्रसय खर्बको सम्पत्ति तयार गरेको छु, त्यति भएपछि हामीले समाजवाद निर्माण गर्न सकिन्छ,' उनले भने।

कार्यक्रममा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी माेर्चासँग सहकार्य भइरहेकाले कुरा मिलेमा त्याे माेर्चामा रहेकाहरूसँग पनि एकता हुनसक्ने उनले बताए । तर अहिलेकाे प्राथामिकता एकता भन्दा पनि अापफ्नाे शक्ति बलियाे बनाउनेतर्फ रहेकाे बताए । 

उनले अहिलेकाे अवस्थामा नेकपा एमालेसँग एकताकाे कुनै सम्भावना नरहेकाे बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर