• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

संविधान संशोधनकाे विषय सरकारले अघि नबढाएकामा कांग्रेसका ७ नेता असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका पूर्वपदाधिकारीसहित सात नेताहरूकाे बैठकले सरकारले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।

चाक्सिबारीमा बसेकाे बैठकपछि संचारकर्मीहरुसँगको कुराकानीमा नेता कृष्ण सिटौलाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने उल्लेख गर्दै कांग्रेस–एमालेबिचको सहमति अनुसार नै सरकारले काम गर्नुपर्ने बताए।

‘हाम्रो मान्यता के छ भने यो गठबन्धनको सरकार हो। नेपाली कांग्रेस र एमालेको गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ। र यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ,’ सिटौलाले भने। यही विश्वासको आधारमा सरकारले काम गर्नुपर्ने उनले प्रष्ट पारे।

गठबन्धनको सहमतिअनुसार संविधान कार्यान्वयनको समीक्षा र संशोधनको विषय अघि नबढेको भन्दै सिटौलाले यसमा काम गर्नुपर्ने बताए। उनले भने, ‘संविधान कार्यान्वयनको समिक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति कार्यक्रममा छ, हाम्रो पार्टीले पनि निर्णय गरेको छ। सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच भएको समझदारीको यो महत्वपूर्ण बुँदा हो। यो कार्य अघि बढिरहेको छैन, यसलाई पनि अब अगाडी बढाउनुपर्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर