• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू

काठमाडौँ । सरकारले २०८२ साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। बैठकले नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय गरेकाे छ ।

यस्ता छन् निर्णयः

-२०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्‌स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री-फुड सिस्टम इन साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने।

-चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा | बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी | Letter of Exchange मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने। 

-विश्व बैकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने। 

-२०८२ साउन ८ देखि १० गतेसम्म चीनको Shandong प्रान्तमा आयोजना हुने 2025 International Conference on Reducing Food Loss and Waste मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। 

-२०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने Second | United National Food System Summit Stocktake (UNFSS+4 ) मा कृषि | तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

-२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।

-भारतीय सेनाले आयोजना गर्ने 134th Edition of Durand Cup Football |Tournament 2025 को Opening Ceremony र नेपाली सेनाको फुटवल टिमको Opening Match मा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने। 

-नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने।

-वन तथा वातावरण २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने 15 मन्त्रालय meeting to the conference of the contracting parties to the convention on wetlands (COP15) कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने।

- नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर