ब्याडमिन्टन खेल्दा खेल्दै ढलेका युवाकाे मृत्यु

एजेन्सी । भारत, तेलंगानाको हैदराबादमा हृदयघातका कारण २५ वर्षीय युवकको मृत्यु भएको छ।
गुन्डला राकेश त्यहाँको उप्पल स्टेडियममा रहेको इनडोर ब्याडमिन्टन कोर्टमा खेल्दै गर्दा अचानक लडेका थिए। उनका साथीहरूले उनलाई तुरुन्त अस्पताल लगे। त्यहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रारम्भिक जानकारीअनुसार उनको मृत्युको कारण हृदयघातबाट भएको हो।
घटनाको भिडियो पनि सार्वजनिक भएको छ। ब्याडमिन्टन खेल्दै गर्दा राकेश अचानक भुइँमा स्पष्ट देखिन्छ। उनीसँगै भएका साथीहरू र सह-खेलाडीहरूले उनलाई तुरुन्त उठाउँछन्। त्यसपछि उनलाई नजिकको निजी अस्पतालमा लगिएको थियो। डाक्टरहरूको टोलीले जाँच गरेपछि उनलाई मृत घोषित गरेको हो।
राकेश हैदराबादको एक निजी कम्पनीमा काम गर्थे। सामान्यतया ४० कटेपछि देखिने मुटुको समस्या देखिन्छ। यो घटनाले भारतमा फेरि एकपटक युवाहरूमा अचानक हृदयघातको बढ्दो घटनाबारे चिन्ता बढाएको छ। स्वास्थ्य विशेषज्ञहरूले युवाहरूलाई नियमित मेडिकल जाँच गराउन सुझाव दिएका छन्।
प्रतिकृया दिनुहोस