बागमती कांग्रेसमा सांसद तानातानः बानियाँ छोडेर लामातिर फर्किए दुई सांसद

हेटौंडा । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस बागमती प्रदेशमा अन्तरकलह उत्कर्षमा पुगेका बेला शक्ति सन्तुलनसमेत बदलिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले यसमा आफूहरूको सहमति नरहेको भन्दै नाम फिर्ता लिएका छन्।
आफ्नै दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार दर्ता अविश्वास प्रस्तावबारे आफूहरूलाई थाहै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले त्यसबाट आफूहरू नाम फिर्ता लिइएको घोषणा गरेका हुन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरू मुख्यमन्त्री लामाकै समर्थनमा रहेको बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा। बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा। बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको बेहोरा अवगत गराउँद छौँ।’
बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएको पाइएकोमा सो विषयमा असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामलाई समर्थन रहेको जानकारी गराउँदछु।
सांसद श्रेष्ठ चितवनबाट तथा पराजुली काठमाडौँबाट निर्वाचित समानुपातिक सांसद हुन्। बागमती प्रदेश सभामा कुल ३७ सदस्य छन्।
तीमध्ये मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
तीमध्ये सांसदद्वय श्रेष्ठ र पराजुलीले अविश्वास फिर्ता लिएपछि मुख्यमन्त्री लामाको समूहमा १८ सांसद भएका छन् भन् बानियाँका पक्षमा १९ जना छन्।
अब एक जना सांसद निर्णायक देखिएका छन् । बानियाँका पक्षमा बहुमत देखिएपनि कुनै एक सांसदले अडान छोड्ने वित्तिकै शक्ति सन्तुलन बदलिने अवस्थामा छ।
प्रतिकृया दिनुहोस