माओवादी पदाधिकारी बैठकः जनार्दन शर्माले उठाएका विषयमा स्थायी समितिमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका पदाधिकारी बैठक सम्पन्न भएको छ । माओवादीको स्थायी समिति बैठक बस्न लागिरहेको सन्दर्भमा त्यसका एजेण्डा तय गर्नका लागि अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक डाकेका थिए ।
झण्डै आधा घण्टा मात्रै चलेको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समितिका सम्भावित एजेण्डाहरु अघि सार्दै नेताहरुका सुझाव मागेको र त्यसलाई अन्तिम रुप दिने काम भएको नेता दिनानाथ शर्माले समाचार दैनिकलाई जानकारी दिए ।
पछिल्लो समय माओवादी भित्र विवादको रुपमा रहेको उपमहासचिव जनार्दशन शर्माले अध्यक्ष प्रचण्डका विषयमा उठाएका विषयमा भने भने स्थायी समितिमा छलफल हुने उनले बताए ।
‘अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक एकता भन्ने एजेण्डा राखेर त्यही भित्र जनार्दनजीले उठाएका विषयमा पनि छलफल गर्ने तयारी गर्नुभएको छ । पदाधिकारी बैठकमा छलफल गरेर पनि टुंगो लाग्ने विषय थिएन । त्यसलैले आन्तरिक एकताको एजेण्डा अन्तर्गत स्थायी समितिमा छलफल हुने तय भयो,’ शर्माले भने ।
स्थायी समितिमा पार्टीले संचालन गरेको अभियानको समिक्षा, र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल र निर्णय हुने उनले बताए ।
प्रतिकृया दिनुहोस