भाइकाे हत्या गर्ने दाजु पक्राउ

 विराटनगर । भाइको हत्या गर्ने दाजुलाई  ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । आठराई त्रिबेणी गाउँपालिका–४ आहालेका २२ बर्षीय मन कुमार विश्वकर्मालाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो  । 

१६ साउन  साँझ ६ बजे दाजुभाइ बिच सामान्य बाद–बिबाद हुँदा दाजु मनकुमारले आफ्नै भाइ २० बर्षीय रोशनलाई खुकुरी प्रहार गरि हत्या गरेका थिए । खुकुरी प्रहारबाट भाइ  रोशनको घटनास्थलमै तत्काल मृत्यु भएको थियो । 

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दाजु मन कुमारलाई खुकुरी सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ताप्लेजुङ प्रहरीलाई उद्धृत गर्दै कोशी प्रदेश प्रहरी विराटनगरले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर