नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर 

काठमाडाैं । टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । 

साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू छन् ।

एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुसर २५०’ लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ । एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर