सप्तरीमा प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु

जनकपुरधाम । सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।
मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट स्थानीय यादवको मृत्यु भएको हाे ।
सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।
तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको प्रहरी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।
अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको राजगड गाउँपालिका वडा नम्बर–२ स्थित कमलपुरमा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो ।
प्रतिकृया दिनुहोस