• २०८२ श्रावण २२ बिहीबार
  • Thursday, 7 August, 2025

माओवादी–नेकपा एकताः श्रेष्ठ भेट्न हात्तीबन पुगे चन्द

काठमाडौं । नेकपा माओवादी केन्द्र र माओवादीबाटै फुटेर गएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकताको प्रशंग चलिरहेका बेला दुवै पार्टीका दुई शीर्ष नेताको भेटवार्ता भएको छ । 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द श्रेष्ठ निवास हात्तीवन पुगेका छन् । 

उनीहरूबीच करिब एक घण्टा भेटघाट र छलफल भएको श्रेष्ठकाे सचिवालयले जानकारी दिएकाे छ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको बुझिएको थियाे ।

माओवादी केन्द्रकाे साेमबार सकिएकाे स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर