• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

मेसी नखेलेपनि मायामीको सहज जित

काठमाडौं । लिग्स कपको तेस्रो खेलमा सकर लिग क्लब इन्टर मायामीले अर्को जित हात पारेको छ ।

घाइते भएका कारण कप्तान लियोनल मेसीले नखेलेपनि मायामीले मेक्सिकन क्लब पुमाज उनामविरुद्ध ३–१ गोलको जित निकालेको हो । खेलमा अग्रता पुमाजले लिएपनि मायामीले रोचक कम्ब्याक गर्न सफल भयो । 

मायामीका लागि अर्जेन्टाइन स्टार मिडफिल्डर रोड्रिगो डि पलले पहिलो गोल गरे । लुइस क्वारेजले पेनाल्टीमा दोस्रो गोल थपे भने एलेन्डेले अर्को गोल थप्दै मायामीको जित पक्का गरेका हुन् । 

उता सकर लिगमा भने अन्य क्लब भन्दा ३ खेल कम खेलेको मायामी पाँचौ स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर