• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

काेरियन सन सकर लिग खेल्न लस एन्जलसमा आबद्ध 

काठमाडौं । दक्षिण कोरियाली सुपरस्टार सन ह्युंग–मिन टोटनह्याम हट्स्पर छाडेर अमेरिकी सकर लिग खेल्न क्लब लस एञ्जेलस एफसी (एलएएफसी)मा आबद्ध भएका छन्। 

एलएएफसीले उनलाई किन्न २० मिलियन पाउन्डभन्दा बढी तिरेको छ। यो मेजर लिग सॉकर (एमएलएस)को अहिलेसम्मकै महँगो स्थानान्तरण हो। 

३३ वर्षीय सनले भने, ‘एलए पहिलो रोजाइ थिएन। तर एलएएफसीका अध्यक्षसँगको कुराकानीले मेरो मन परिवर्तन गर्‍यो। म यहाँ ट्रफी जित्न आएको हुँ।’

सनले टोटनह्यामका लागि १० वर्षमा १७३ गोल गरेका थिए। उनी क्लबका पूर्वसाथी ह्युगो लोरिससँग एलएएफसीमा पुनः एकत्रित भएका छन्।

टोटनह्यामका अध्यक्ष ड्यानियल लेभीले उनलाई क्लबको एक महान् खेलाडी र प्रेरणादायी व्यक्तित्वको रूपमा सम्झेका छन्।

यसअघि सकर लिगकै इन्टर मायामीमा अर्जेन्टाइन सुपरस्टार लियाेनल मेसी, लुइस स्वारेज, डी पल, जाेर्डी अल्बा लगायर स्टार खेलाडी पनि खेलिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर