• २०८२ श्रावण २२ बिहीबार
  • Thursday, 7 August, 2025

रवि भेटेपछि बाबुरामले भनेः एकान्त कारावासमा राखिएको रहेछ

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई एकान्त कारावासमा राखेको टिप्पणी गरेका छन्।

बिहीबार रुपन्देही कारागार पुगेर लामिछानेलाई भेटेर फर्किएपछि पत्रकारसँग कुराकानी गर्दै भट्टराईले यस्तो दाबी गरेका हुन्। 

‘उहाँ बस्ने पनि सोलिटरी कन्साइन्मेन्ट(एकान्त कारावास) जस्तोमा रहेछ,’ भट्टराईले भने, ‘जेल भनिसकेपछि त त्यहाँ खुला ठाउँ हुन्छ, कुराकानी गर्ने अवसर पनि हुन्छ। एकल ठाउँमा राखेको उपयुक्त पनि लागेन।’ यो कुरा आफूले माथि पुगेर सम्बन्धित ठाउँमा भन्ने प्रतिक्रिया दिए। 

यस्तै भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिएर सूचनाबाट बाहिर राखेको पनि आरोप लगाए। उनले भने, ‘उहाँलाई पत्रपत्रिका ल्याएर दिइँदो रहेनछ । हामी त पञ्चायत कालमा बस्दा खेरी पनि साथीहरू दिन्थे, पढ्ने गर्थ्यौँ।’

त्यसबारे त्यहाँ ड्युटीमा रहेका सुरक्षाकर्मीसँग सोध्दा आदेश नभएको प्रतिक्रिया आएको भट्टराईले बताए। ‘मैले त्यहाँ सोधेँ उहाँले–खै हजुर त्यस्तो आदेश छैन भन्नुभयो। कमसेकम सूचनाबाट वञ्चित गर्नु चाहिँ हुँदैनथ्यो’, उनले भने। 

लामिछाने जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर भेट्न पुगेको पनि भट्टराईले बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर