• २०८२ श्रावण २२ बिहीबार
  • Thursday, 7 August, 2025

मदनकाे सम्पर्क कार्यालयमै विद्याकाे कार्यालय, के गर्दैछ भण्डारी समूह ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीसँग निर्णायक संघर्षमा उत्रिएकाे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूह अहिले एक कदम पछि हटेकाे अवस्थामा देखिएकाे छ । एमाले केन्द्रीय समितिले भण्डारीकाे सक्रीय सदस्यता नविकरण नगरिदिएपछि भण्डारीकाे बैधानिक बाटाे तत्कालका लागि थुनिएकाे छ । तर पनि साे पक्ष चुपचाप भने बसेकाे छैन । 

बाहिरबाट शान्त एवं सन्नाटामा देखिए पनि आन्तरिक रूपमा भने गृहकार्यमा छ। भण्डारी नेतृत्वमा राजनीतिक गतिविधि बढाउन अहिलेका लागि मदन भण्डारी फाउन्डेसन कै प्रयोग गरेर अघि बढ्ने योजना बनेको भण्डारीका सहयोगीका रूपमा राजनीतिक खटनपटनमा सक्रिय एक नेताले बताए।

त्यसका लागि विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ। त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको योजना छ।

भण्डारी समूहले पार्टी सदस्यता प्राप्तिको लक्ष्यलाई मदन भण्डारी फाउन्डेसनमा टेकेर ‘मदन भण्डारी/जबज’ का गतिविधिहरूलाई तीव्रता दिने योजना बनाएको छ। त्यसका लागि उनीहरूले फाउन्डेसनका नाममा अर्को भवन भाडामा लिएर सम्पर्क कार्यालय स्थापनाको तयारी गरिरहेका छन्। सम्पर्क कार्यालयको भवन रोज्दा पनि उनीहरूले मदन भण्डारी र जबजसँग भावनामा जोड्ने जुक्ति निकालेका छन्।

भण्डारी पक्षले बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेको छ। 

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गर्न साेही घरमै कार्यालय खोलेका थिए । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ । 

मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए । त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन् ।  

थापागाउँस्थित यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता बिदुर मैनालीको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर