• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

भेनेजुएलाका राष्ट्रपति मदुराेकाे सूचना दिनेलाई ५ करोड डलर दिने अमेरिकी घाेषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलेली राष्ट्रपति निकोलस मदुरोलाई पक्रिन सूचना दिनेका लागि पुरस्कार राशि दोब्बरले बढाएको छ। 

बीबीसीका अनुसार विश्वकै ठूला लागूऔषध कारोबारीमध्ये एक रहेको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्रिनका लागि सूचना दिने व्यक्तिलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मदुरोको आलोचक छन्। गत जनवरीमा धाँधलीपूर्ण चुनावमा जितेपछि राष्ट्रपतिमा निर्वाचित भएका थिए। उक्त चुनावलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक मात्रामा अस्वीकार गरेका थिए। 

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरो पक्रिन सहयोगी सूचना दिनेलाई पुरस्कार राशि दोब्बरले बढाएको बताइन्। यसअघि साढे २ करोड डलर राखिएको थियो। 

यसलाई भेनेजुएलाका विदेशमन्त्री यवन गिलले भने राजनीतिक अफवाहको संज्ञा दिएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर