• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

रुसीले बढायाे हमलाः युक्रेनमा ५ जनाको मृत्यु

एजेन्सी । युक्रेनको सेनाले आइतबार रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ।

युक्रेनी सेनाले बेजसालिभकालाई रुसी सेनाबाट ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ। 

उक्त पोस्टमा युक्रेनी हमलामा १८ रुसी सैनिक ‘मारिएको’ दाबी पनि गरिएको छ। उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँ दुई देशका सेनाबीच भइरहेको मुख्य लडाइँ क्षेत्रबाट मात्र करिब २० किलोमिटर ९१३ माइल० पश्चिममा पर्छ।

फेब्रुअरी २०२२ मा युक्रेनमाथि हमला गरेको रुसले युक्रेनी सेनाबाट कुर्स्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलदेखि सुमी क्षेत्र लक्षित हमला थालेको हो। 

रुसी सेना हाल सुमीको क्षेत्रीय राजधानीबाट करिब २० किलोमिटर टाढा छ। सुमीको क्षेत्रीय राजधानी बारम्बार गोलाबारीको निशाना बन्दै आएको छ । रुसी हमलाको मुख्य केन्द्र पूर्वी युक्रेनमा छ, जहाँ रुसले पछिल्लो महिनायता विभिन्न भूभाग कब्जा गरिरहेको दाबी गर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर