• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

आजको मौसमः कता कता पर्छ पानी  ? 

काठमाडौं । मनसुन सक्रिय रहेकाले आज पनि देशभर वर्षाको सम्भावना छ । आज (साउन २६, सोमबार) दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

आज राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागकाका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाड भूभाग तथा मधेस प्रदेशलगायत कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर