• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

एमएलएसः मायामीले खायो ४ गोल

काठमाडौं । मेसीको कप्तानीमा रहेको अमेरिकन सकर लिग क्लब इन्टर मायामीले नराम्रो हार खाएको छ । लिगमा आज भएको ओर्लान्ड सिटीविरुद्धको खेलमा मायामीले ४–१ गोलको हार खाँदै ३ अंक सुम्पिएको हो । 

खेलको दोस्रो मिनेटबाटै गोल गरेर अग्रता लिएको ओर्लान्डले ८८औं मिनेटमा चौथो गोल हानेर खेल टुंग्यायो । मायामीका लागि खेलको ५औं मिनेटमा ब्राइटले एक सान्त्वना गोल गरेका थिए । 

आजको खेलमा मायामीका कप्तान लियोनल मेसी भने खेलेका थिएनन् । उनी घाइते भएका कारण विगत केही खेल यता मैदान बाहिर छन् । 

यो हारले मायामीलाई अंक तालिकामा शीर्ष स्थानमा पुग्नका लागि भने केही कठिन भएको छ । मायामी २३ खेलबाट ४२ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ । यसअघि ५औं स्थानमा थियो ।

फिलाडेल्फिया ५२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सिन्सिनेटी, नासमिल्ले, ओर्लान्ड सिटी र कोलम्बर क्रमसः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । उनीहरु सबैले मायामले भन्दा ३ खेल बढी खेलेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर