क्रिकेटर ललित राजवंशीलाई मातृशाेक

काठमाडौं । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका–१४ स्थित घरमा निधन भएको हो ।
उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् । ललितले सामाजिक सञ्जालको स्टोरीमा ‘आई एम सो सरी मामु’ लेखेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत निधनप्रति दुःख प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस