• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

यु–१७ साफ च्याम्पियनसिपः भारतविरूद्ध सान्तवना जितका लागि भिड्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत नेपालले उपाधिकाे सम्भावना गुमाइसकेकाे छ । त्यसका बाबजुत नेपालले सान्त्वना जितका लागि भारतकाे सामना गर्दैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । अघिल्लाे खेलमा नेपाल भारतसँग ७–० गाेलकाे फराकिलाे अन्तरमा पराजित भएकाे थियाे ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर