• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

पिमियर लिगः चेल्सी र म्यानचेष्टर युनाइटेडको जित

काठमाडौं । चेल्सीले भीएआर विवादको फाइदा उठाउँदै शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । इन्जो मारेस्काको टोली घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लन्डन ‘डर्बी’ मा जित निकाल्याे ।

फुलहमका जोश किङले गरेको सानदार गोल अमान्य गर्नुले चेल्सीको भाग्य खुलेको थियो । रोड्रिगो मुनिज संयोगले ट्रेभोह चलोबाघसँग ठोक्किन पुग्दा भीएआरले त्यसलाई फाउल दिएपछि किङले गरेको गोल उल्टाइदिएको थियो ।  

पहिलो हाफमा थपिएको ८ मिनेट इन्ज्युरी टाइम खेलिसकेको एक मिनेटपछि जाओ पेड्रोले कर्नरबाट आएको बलमा हेड गोल गरेका थिए । फुलहमका व्यवस्थापक मार्को सिल्भा झन् क्रुद्ध हुन पुगे, जब रेफ्रीले रायन सेसेगननले बल हातले रोकेको भन्दै ५६ औं मिनेटमा पेनाल्टी दिए । त्यसमा इन्जो फर्नान्डेजले गोल गरी चेल्सीलाई २–० को अग्रता दिएका थिए ।

पहिलो दुई खेलमा कुनै गोल नखाई जित पाएको टोटनहम घरेलु मैदानमा बर्नमाउथसँग १–० ले स्तब्ध भयो । इभानिल्सनले खेलको पाँचौं मिनेटमा गरेको प्रहार डिफ्लेक्टेड भएर गोल हुँदा बर्नमाउथले महŒवपूर्ण जित हात पारेको थियो । टोटनहमको हारमा फाइदा उठाउँदै चेल्सी तालिकाको शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको ७ अंक छ ।

ब्रुनो फर्नान्डेजले अन्तिम मिनेटमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२ ले पराजित गरेको छ । मध्यसातामा चौथो डिभिजनको टोली ग्रिम्सबीसँग पराजित भएर लिग कपबाट बाहिरिएको युनाइटेडका व्यवस्थापक रुबेन एमोरिमलाई यो जितले ठूलो राहत प्रदान गरेको छ ।

युनाइटेडले खेलमा दुई पटक अग्रता लिए पनि बर्नलीले दुवै पटक खेल बराबरीमा ल्याएको अवस्थामा फर्नान्डेजले इन्ज्युरी टाइमको सातौँ मिनेटमा विवादस्पद पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।  

शनिबारका अन्य खेलमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले र एभरटनले उल्भसलाई ३–२ ले पराजित गरेका थिए । बर्नमाउथसँगै सन्डरल्यान्डको ६ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर