मायामी पराजित, लिग्स कपको उपाधि सेटल साउन्डर्सलाई

काठमाडौं । लियोनल मेसीले कप्तानी गरिरहेको अमेरिकन इन्टर मायामी लिग्स कपको फाइनलमा पराजित भएको छ ।
आज भएको फाइनलमा मायामीलाइ सेटल साउन्डर्सले ३–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको सेटलले दोस्रो हाफमा एक पेनाल्टीसहित २ गोल थप्दै जित पक्का गरेको हो ।
मायामीले दोस्रो हाफमा खेलमा फर्कनका लागि केही राम्रा मुभ र आक्रमण गरेपनि गोल गर्न भने सकेन । परिणाम स्वरुप मेसी, स्वारेज, डी पल, बुस्केट, अल्बा जस्ता चर्चित खेलाडी रहेको मायामीले उपाधिबाट विमुख हुनुपरेको हो ।
प्रतिकृया दिनुहोस