एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

काठमाडाैं । एएफसी यू -२३ एसिया कप छनोटमा नेपालले खराब सुरूवात गरेकाे छ ।
समूह 'के'मा रहेको नेपालले पहिलाे खेलमा घरेलु टाेलीसँग हार खायाे । बुधबार राति सकिएको खेलमा नेपाललाई घरेलु टोली ताजिकिस्तानले ४-० ले हराएकाे हाे ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।
ताजिकिस्तानका लागि एजिजबोएबले दुई गोल गरे। उनले खेलको ३९ र ५८ मिनेटमा गोल गरेका थिए।
नेपालले तेस्रो गोल ९० मिनेट र चौथो गोल इन्जुरी समयमा खाएको थियो। अब नेपालले शनिबार सिरिया र मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।
यो जितसँगै ताजाकिस्तान छनोटको समूह ‘के’ को शीर्ष स्थानमा रह्यो ।
नेपाल भने छनोटका चार टिममध्ये पुछारमा रह्यो । यसै समूहको अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हरायो ।
प्रतिकृया दिनुहोस