मदन भण्डारी फाउण्डेशनविरुद्ध ओली, काउण्टर दिन ‘मदन-आश्रित स्मृति प्रतिष्ठान’ सक्रीय

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली अन्ततः उनैले बनाएको मदन भण्डारी फाउण्डेशनका विरुद्ध अभिव्यक्ति दिन थालेका छन् । भण्डारी पत्नी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग एमालेको आन्तरिक राजनीतिक कलह बढेको र फाउण्डेशन अध्यक्ष तथा मदनकी छोरी उषाकला भण्डारीले समेत अध्यक्ष ओलीप्रति वितष्णा व्यक्त गर्न थालेपनि उनले नयाँ मदन-आश्रित स्मृति प्रतिष्ठानन बनाएका छन् ।
सोमवार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मदन-आश्रित स्मृतिमा श्रद्धाञ्जलि दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेपछि उनले पार्टी आन्दोलनप्रति निष्ठाका साथ नजन्मिएको बताए।
उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामुहिक संस्था हुनुपर्ने बताए। नेताहरूका नाममा प्रतिष्ठान स्थापना गर्ने र पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए।
एमालेको आठौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली अर्का उम्मेदवार झलनाथ खनालसँग पराजित भएपछि उनले मदन भण्डारी फाउन्डेसनमार्फत् आफ्ना गतिविधि आधारभूत तहसम्म विस्तार गरे, समानान्तर भेला र बैठकहरू चलाएका थिए ।
ओलीको यस्तो गतिविधिपछि त्यसबेला एमाले अध्यक्ष रहेका झलनाथ खनालले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका थिए। आफू प्रधानमन्त्री भएका बेला एक पटक पनि ओली बालुवाटार नआएको र केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित गराउन गाह्रो परेको झलनाथको भनाइ थियो।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नामबाट खोलिएको प्रतिष्ठानबाट समानान्तर गतिविधि गर्दै पार्टी नेतृत्वमा फड्को मारेका ओलीले अहिले त्यही संस्थाको आलोचना र काउण्टर फाउण्डेशन बनाएका छन् ।
उनकाे अहिले विद्या भण्डारीसँग चर्काे कलह छ । भण्डारीले दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरणसमेत गरेकाे भएपनि अध्यक्ष अेालीले उनकाे एमाले प्रवेशकाे बाटाे बन्द गरिदिएका थिए ।
तर भण्डारीले माँझ किरातकी छाेरी भन्दै पछि नहट्ने बताइरहेकी छन् । उनले
एमाले पूर्वउपाध्यक्षको हैसियतले पत्रकार सम्मेलन गरेर उनले मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न, खारेज गर्न नसक्ने बताउँदै पार्टी निर्णयलाई चुनौती दिइन्। उनले ओलीतर्फ लक्ष्य गर्दै मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर पार्टी सदस्य खोस्न नसक्नेसमेत बताइन्।
यही तर्कलाई अघि सार्दै उनी मदन भण्डारी फाउण्डेसनमार्फत् एमालेमा क्रियाशीलता बढाउने ध्याउन्नमा छिन्।
फाउन्डेसनले आउँदो वर्ष मदन भण्डारी जन्मिएको ७५ वर्ष पूरा हुने भएकाले हीरक महोत्सवको तयारी गरेको छ।
फाउन्डेसनमार्फत् गतिविधि हुन सक्ने सम्भावना देखेपछि ओली त्यस संस्थाप्रति पनि आक्रोशित देखिएका हुन्। मदन भण्डारी फाउन्डेसनलाई टक्कर दिन पछिल्लो समय एमालेले मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय बनाउने संकेत देखाएको छ।
उमहासचिव प्रदीप ज्ञवालीलाई त्यसको अध्यक्ष निर्वाचित गर्दै सोमबार ओलीले शपथ पनि गराए। उपमहासचिव ज्ञवाली ओलीका विश्वास पात्र मानिन्छन्।
प्रतिकृया दिनुहोस