युवाहरूलाई राष्ट्रपतिको सुझाव : मुलुकको भाग्य र भविष्य कोर्नुस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा रहेको बताए । उनले युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम रहेको पनि बताए । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे ।
उनले आफ्नो युवावय संझदै भने– ‘यो क्षणमा मैले आफ्नो युवा वयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरीबी, पछौटोपन र निरंकुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटिलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आईपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङगोमा पु¥याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।’
राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै भने– ‘यो सामथ्र्य र शक्तिलाई दीगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।’
विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तिब्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताए ।
उद्यमशिलता आर्थिक विकासको आधार भएको बताए । युवाको विदेश पलायन रोकि उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवद्र्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको बताउँदै विश्वव्यापीकरण र सूचना प्रविधिको तिव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको उल्लेख गरे
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिती रहेको थियो
प्रतिकृया दिनुहोस