विप्लव नेकपाकाे गाेरखा जिल्ला विद्यार्थी संगठन नै अखिल क्रान्तिकारीमा समाहित

गाेरखा । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल समाजवादी गाेरखा जिल्ला समिति माअेावादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित भएकाे छ । 

गोरखा जिल्ला समिति अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण थापाको नेतृत्वमा सिंगाे जिल्ला समिति नै क्रान्तिकारीमा समायोजित भएको क्रान्तिकारी गोरखा जिल्ला अध्यक्ष सुलभ अँगाईले जानकारी दिए । 

अखिल समाजवादी गोरखाः
केन्द्रीय सदस्य एवं अध्यक्ष : भीषण थापा 
उपाध्यक्षः अभिषेक विक
सह सचिव: बिप्निता दुलाल 
केन्द्रीय प्रतिनिधि सदस्य एवं कोषाध्यक्ष: दिनिशा ढकाल 
केन्द्रीय प्रतिनिधि सदस्यः अनिषा राना मगर 

आज खड्का, आस्विन कमार, शुभम् राना, मानिस गुरुङ, उमेश विक,उत्तम गुरुङ, सुवास गुरुङ, आशिष विक, वसन्त रम्तेल लगायत ३५ भन्दा बढी विद्यार्थीसहित सिङ्गो जिल्ला समिति क्रान्तिकारीमा समाहित भए ।

क्रान्तिकारीमा समाहित हुनेहरूलाइ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले स्वागत गरेका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर