बैंकहरूको नाफा ३४.२० प्रतिशत बढ्यो, कसको कति ?

काठमाडौं । १० वटा वाणिज्य बैंकले गत वर्ष साढे ३२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक र हिमालयन बैंक गत वर्ष आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक तथ्याङ्कअनुसार गत आवमा १० बैंकले ३२ अर्ब ३८ करोड २० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४.२० प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ३५ लाख ३२ हजार रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो आव २०८०/८१ मा २४ अर्ब १२ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा गरेका थिए ।
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमा गत वर्ष सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत अर्थात् ९३ करोड ४ लाख ५७ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
एभरेष्ट बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.८० प्रतिशत अर्थात् १ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँ बढी नाफा गरेको हो ।
कृषि विकास बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकले ४३.३८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६९ लाख ८८ हजार रुपैयाँ बढी नाफा गरेको हो ।
सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
माछापुच्छ्रे बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
सिटिजन्स बैंकको गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
प्रतिकृया दिनुहोस