राप्रपा युवा संगठनकाे जिल्ला अधिवेशनमा कुटाकुट

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ।
चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो ।
अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे ।
उनले भने,'साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो हल्ला नगरौँ।' आफ्नै सामुन्ने युवाहरु हात हालाहालमा उत्रिएपछि लिङदेनले अधिवेशन स्थगनको घोषणा गरे ।
उनी कार्यक्रमस्थल छोडेर हिँडिसकेका छन् । जाँदै गर्दा उनले अधिवेशनमा बाह्य घुसपैठ भएको संकेत गरेका थिए ।
अध्यक्ष हिँडिसकेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा गरेकाे छ ।
प्रतिकृया दिनुहोस