बिल बिजक अनुगमन गर्नै नपाइ वाणिज्य विभागका डिजी कुमार दहालको सरुवा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दहाललाई सरकारले सरुवा गरेको छ ।
विभागको महानिर्देशकको रूपमा जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै दहाललाई सोमबार राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको हो । यता समावेशी आयोगका सचिव बलराम निरौलालाई उद्योग वाणिज्य मन्त्रालयमा तानिएको छ ।
सरकारले ७२ जना सहसचिवको सरुवा गर्दा दाहालको पनि सरुवा गरिएको हो ।
८ वर्ष अघि उपसचिवबाट खुला प्रतिस्पर्धामार्फत २०७३ सालमा सहसचिवमा सिफारिस भएपछि दाहालको सहसचिवको पदस्थापन नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो ।
महानिर्देशक भएसँगै उनी एमआरपी अनिवार्य बिल बिजक लागू तथा बजार अनुगमनमा कडाइ गर्दै ठगी गर्नेलाई कानुनी कारबाहीको दायरा ल्याएर चर्चामा थिए ।
दहालले आगामी सातादेखी बिल बिजक अनुगमन गर्नै जनायका थिय
प्रतिकृया दिनुहोस