सर्लाहीको हरिपूर्वामा गोली हानेर शिक्षकको हत्या

जनकपुरधाम । तराइ मधेशमा फेरि हत्या हिंसाकाे श्रृंखला बढ्न थालेका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ ।
हरिपूर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेका हुन् ।
आफ्नै घर अगाडि बसीरहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएको रायको उपचारको लागि महोत्तरीतर्फ लगिएको थियो ।
अस्पताल पुर्याएका रायलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस