• २०८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्र प्रवेश

काठमाडौँ । बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय थिए। कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरेका हुन्

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरले दिपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर