विष्णु पौडेलको दावीः रास्वपा खहरे हो, सुक्छ

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए ।
‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ,’ पौडेलले भने । रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाए ।
एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे । सरकार ढल्छ भनेर सपना नदेख्न भन्दै पौडेलले सरकार सहमति अनुसार नै अगाडि बढेको बताएका छन् ।
‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ उनले भने, ‘यही सरकारले मुलुकको भविष्य बनाउँछ । अहिलेको सरकार ढल्नेवाला छैन ।’
अस्थिरताको खोजी गर्ने दिन गएको भन्दै अब नेकपा माओवादी केन्द्रबाट मुलुकलाई अस्थिरतामा लैजान रोकिएको उल्लेख गरे । दृष्टिकोण, एजेण्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको समेत पौडेलले दाबी गरे ।
प्रतिकृया दिनुहोस