कांग्रेसका नेता,‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ

काठमाडौं । ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । ‘विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो ।

उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

बैंकिङ कसुरको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिस भएका थिए यद्यपि उनले टिकट पाएनन् ।

यसअघि काठमाडौं प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले विशेष अपरेशन चलाएर चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर