उपसभामुख रानालाई महाभियाेग लगाउन कांग्रेस-एमालेकाे हस्ताक्षर,रास्वपा छलफलमा

काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिकामा रहेकी छन् ।
संसद सचिवालय स्रोतका अनुसार साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बताइएको छ ।
उपसभामुखलाई हटाइने चर्चाले उनको मातृ पार्टी रास्वपा तरंगित भएको छ । पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । औपचारिक बैठक भने अहिलेसम्म डाकिएको छैन । एक शीर्ष नेताले मिडियाबाट खबर थाहा पाएपछि आफूहरू पार्टी कार्यालयमा अनौपचारिक कुराकानी गरिरहेको बताए ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन महाभियोग प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
उनीहरुले हस्ताक्षर संकलन सुरु गरेका छन्।
प्रतिकृया दिनुहोस