• २०८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025

प्रधानमन्त्री ओली बिरामी: संसद् बैठकमा जान नसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ‌ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज  घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो।

आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको छ।

यता लामो समयदेखि भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसद बैठक अवरुद्ध गरिरहेको छ। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गृहकार्यमा लागेपछि संसदमा नयाँ रणनीति तय गर्ने रास्वपाको तयारी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर