एकै पटक १३ जिल्लाका सिडिओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका सीडीओ फेरिएका छन् ।
त्यस्तै, सहसचिवहरुको पनि सरुवा गरिएको छ । काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौंका सीडीओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ । गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ ।
प्रतिकृया दिनुहोस