• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

रूपन्देही–३: यी ९ मध्ये एक हुने छन् रास्वपाको उम्मेदवार 

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ।

रूपन्देही–३ को उम्मेदवार अनुमोदन गर्न रास्वपाले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही–३ को उम्मेदवार छनोट गरेको छ। उम्मेदवार घोषणा भने अपराह्न साढे ४ बजे हुनेेछ र

रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपाबाट ९ जना प्रतिस्पर्धी थिए। उनीहरूबीच लिडसिप एकेडेमीको अभ्यासमार्फत् प्रतिस्पर्धा र प्राइमरी इलेक्सन गराइएको थियो। प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, स्थानीय, जिल्ला र प्रदेश समिति  तथा केन्द्रीय समिति सदस्यले पनि मत हाल्ने व्यवस्था थियो।

उम्मेदवार छनोट कार्यविधिअनुसार लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशितालाई ५० प्रतिशत मतभार र प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मत भार तोकिएको छ।

प्राइमरी इलेक्सनको ५० प्रतिशत मतभारमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतको हिस्सा ५० प्रतिशत, तहगत कमिटीको मतको हिस्सा ५ र केन्द्रीय सदस्यको मतको हिस्सा ५ प्रतिशत रहेको रास्वपाले बताएको छ।

उम्मेदवारको प्रतिस्पर्धामा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर