• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

सदस्यता रोकेको विषय विधान अधिवेशनमा पनि उठ्छ: सुरेन्द्र पाण्डे

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्कालीन नेकपा विभाजन हुनुमा नेताहरूको लेनदेन जिम्मेवार भएको बताएका छन्।

‘सेन्टर फर पब्लिक पोलिसी रिसर्च’ले सोमबार गरेको अन्तरसंवादमा बोल्दै उनले एमाले र माओवादीका नेताहरुबीच अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भएको र त्यो नमिल्दा विभाजन रहेको उल्लेख गरे।

‘पाओर सेयर गर्ने, अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भयो,’ पाण्डेले भने, ‘चुनाव लडेर पार्टी फुटेको भन्नेमा कुनै सच्याइ छैन। निर्वाचनले पार्टी विभाजन भएको अवस्था होइन। यदि नेकपा नबनेर एमाले रहेको भए पार्टी विभाजन हुँदैनथ्यो। हामीले ढंग नजानेर विभाजन भएको हो।’

‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरु नेताहरूले फरक मत राख्नु भयो । त्यसलाई तत्कालै भिन्न मतको रुपमा माइनट लेखन लेख्ने टोलीलाई दियौं । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रुपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौं,’ पाण्डेले भने, ‘स्वभाविक रुपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौं ।

’एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताए । उनले पार्टीमा दुई कार्यकालको व्यवस्थाबारे बहस भइरहेको र विधान महाधिवेशनले छिनोफानो गर्ने बताएका छन् ।

उपाध्यक्ष पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताएका छन् । उपाध्यक्ष पाण्डेले गत विधान महाधिवेशनबाट २ कार्यकाल र उमेर हदको व्यवस्था गरिए पनि उमेर हदको व्यवस्था बिचमा निलम्बन गरिएको बताए ।

उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो गर्ने बताए ।

‘यो बहसमा बहुमत विधान महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, त्यही व्यवस्था रहन्छ’, पाण्डेले भने, ‘तर बहुमतले सधैँ सहि निर्णय नगर्न सक्छ’ उनले आज नगरे पनि भोलि यो पद्धति विकास हुने भन्दै विगतमा पनि त्यही भएको बताए । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मर्म र भावना पनि प्रतिस्पर्धा नै भएको बताए ।

एमालेभित्रको प्रतिस्पर्धाले नेकपा विभाजन नभएको समेत उनको दाबी छ। तत्कालीन नेकपामा केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र प्रचण्डको नेतृतवमा अर्को समूह बनेको थियो। 

प्रचण्ड समूहमा माधव नेपाल लगायतका नेताहरू समेत थिए। प्रधानमन्त्री हुँदा ओलीले एक्लौटी गरेको, पार्टीका निर्णय समेत नमानेको भन्दै प्रचण्ड समूहले आरोप लगाएपछि विवाद बढ्दै गएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर